काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की ले आफूलाई ‘आमा’ भनेर सम्बोधन गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेकी छिन्। शनिबार राजधानीमा आयोजित कानुन दिवस कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा उनले सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएकी हुन्।
प्रधानन्यायाधीश नियुक्तिको विषयलाई लिएर पछिल्लो समय असन्तुष्टि जनाउँदै आएकी कार्कीले संवैधानिक परिषद्को निर्णयप्रति पनि आलोचना गर्दै आएकी छन्। परिषद्ले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल लाई अघि नबढाई डा. मनोजकुमार शर्मा लाई सिफारिस गरेको विषयमा उनले सरकारको निर्णयमाथि प्रश्न उठाएकी थिइन्।
राष्ट्रिय सभा गृहबाट कार्यक्रम सकेर निस्किने क्रममा सञ्चारकर्मीले उनलाई ‘आमा’ भनेर सम्बोधन गरेका थिए। त्यसलगत्तै कार्कीले “कोले आमा भनेको ?” भन्दै प्रतिक्रिया दिएकी हुन्। सञ्चारकर्मीले आफूले भनेको बताएपछि उनले “तिमीहरूको आमा फेरिइसक्यो” भन्ने टिप्पणी गरिन्।
त्यसपछि कार्कीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह की पत्नी सविना काफ्ले लाई ‘आमा’ भन्न सुझाव दिएकी थिइन्। सञ्चारकर्मीले “तपाईं देशकै आमा हो” भन्न खोज्दा भने उनले अस्वीकार गर्दै त्यहाँबाट बाहिरिएकी थिइन्।
उक्त कार्यक्रममा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले पनि न्यायालयमाथि हस्तक्षेप बढेको संकेत गर्दै अदालतलाई नियन्त्रणमा लिन खोजिएको आरोप लगाएकी थिइन्।
मलाई आमा नभन्नुस्’ : सुशीला कार्कीको असन्तुष्टि सार्वजनिक
Leave a Comment
Leave a Comment






