रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठनात्मक अनुशासन कडा बनाउँदै बारा जिल्ला समिति विघटन गरेको छ। आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति भंग गर्ने निर्णय गरेको हो।
बैठकले पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लाका १५ जना सदस्यको सदस्यता पनि खारेज गरेको जनाएको छ।
रास्वपाले अब बारा जिल्लामा नयाँ नेतृत्व चयनका लागि जिल्ला अधिवेशनको तयारी अघि बढाउने निर्णय गरेको छ। साथै वडा, पालिका र जिल्ला तहसम्म संगठन विस्तार तथा अधिवेशन सञ्चालनका लागि जेठ महिनाभरको विशेष कार्यतालिका समेत स्वीकृत गरिएको छ।
बैठकबाट विभिन्न विभाग र प्रदेश तहमा नयाँ जिम्मेवारी पनि तोकिएको छ। र्यापिड रेस्पोन्स टिम, स्टार्टअप विभाग, शिक्षा विभाग तथा कर्णाली प्रदेश समितिमा नयाँ पदाधिकारी मनोनयन गरिएको पार्टीले जनाएको छ।
त्यस्तै, पार्टीको आगामी केन्द्रीय समिति बैठक वैशाख ३० गते बस्ने निर्णयसमेत गरिएको छ।
रास्वपाले विघटन गर्यो बारा जिल्ला समिति, १५ सदस्यको सदस्यता खारेज
Leave a Comment
Leave a Comment







