७५० लिटर कच्चा पदार्थसहित घरेलु मदिरा भट्ठी प्रहरीले नष्ट गर्यो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, मंसिर ११ — जिल्लाको प्रसौनी गाउँपालिका–२ पतञ्जलि नजिक सञ्चालनमा रहेको एक अवैध घरेलु मदिरा भट्ठी प्रहरीले नष्ट गरेको छ। मंसिर ११ गते दिउँसो करिब १२:४० बजेको समयमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्र.स.नि. आबास अलिको कमाण्डमा खटिएको टोलीले उक्त भट्ठीमा छापा मारेर कच्चा पदार्थलगायत सामग्री नष्ट गरेको हो।

प्रहरीका अनुसार करिब ७५० लिटर कच्चा पदार्थ नष्ट गरिएको छ, जसको अनुमानित मूल्य रु. ४५,००० बराबर हुन्छ। साथै, मदिरा उत्पादनमा प्रयोग हुने ठूला ड्रम २ वटा, गेलन ५ वटा, बाल्टिन १ वटा, र उत्पादन मेसिन १ वटा पनि नष्ट गरिएको प्रहरी कार्यालयले जनाएको छ।

अवैध मदिरा नियन्त्रण तथा जनस्वास्थ्य सुरक्षालाई लक्षित गर्दै नियमित कारबाही भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Comment