काठमाडौं : टर्किस एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा आगलागी भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द गरिएको छ।
इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको टीके–७२६ उडानको पाङ्ग्रामा सोमबार बिहान अवतरणका क्रममा आगो देखिएको विमानस्थल कार्यालयले जनाएको छ। जहाज रनवेमा अवतरण गर्नेबित्तिकै दायाँपट्टिका पाङ्ग्राबाट धुवाँ र आगो निस्किएको थियो।
घटनालगत्तै विमानस्थलमा रहेका दमकल परिचालन गरी आगो नियन्त्रणमा लिइएको थियो। आगलागीपछि विमानस्थलको रनवे अस्थायी रूपमा बन्द गरिएकाले केही समय उडान तथा अवतरण सेवा प्रभावित भएको छ।
विमानमा चार बालबालिकासहित २ सय ७७ यात्रु सवार रहेका थिए। सबै यात्रुलाई आपत्कालीन ढोका प्रयोग गरेर सुरक्षित रूपमा बाहिर निकालिएको विमानस्थल स्रोतले जनाएको छ।
उद्धारका क्रममा केही यात्रु सामान्य घाइते भए पनि सबै यात्रु सुरक्षित रहेको जनाइएको छ। विमान हटाउने कामपछि मात्रै रनवे पुनः सञ्चालनमा ल्याइने विमानस्थल कार्यालयले जनाएको छ।
टर्किस एयरको जहाजमा आगलागी भएपछि त्रिभुवन
Leave a Comment
Leave a Comment






