३० असार,बारा: नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुरले निर्भीक र निडर पत्रकारितागर्न आग्रह गरेका छन ।
नेपाल प्रेस युनियन मधेस प्रदेशको भेलालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै पुर्वमन्त्री समेत रहेका मंसुरले साहसिक पत्रकारिता गर्न पत्रकारहरूलाई आग्रह गरे ।
उनले सही पत्रकारिताले समाज र मुलुकलाई सही बाटोमा डोर्याउने बताए ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारितालाई अंकुश लगाउन खोजिए कडा प्रतिवाद गर्ने चेतावनी दिए ।
प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले अनुशासित र व्यवसायिक पत्रकारिता गर्न आग्रह गरे ।
युनियनका महासचिव दिलीप पौडेलले पत्रकारहरुले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए ।
प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलामा युनियनका केन्द्रिय उपाध्यक्ष अनिल कर्ण,सचिव अशोक तिवारी,केन्द्रिय सदस्य सिकेन्द्र पासवान , महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव,नेपाल शिक्षक संघका अध्यक्ष राजकिशोर सहनी, युनियनका केन्द्रिय सदस्य गणेश रिजाल,बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास लगायतले मन्तव्य व्यक्त गरे ।
भेलामा स्वागत मन्तव्य युनियन बाराका अध्यक्ष श्यामबाबु यादवले गरेका थिए ।
भेलामा युनियनका आठ जिल्लाका युनियनमा आबद्ध संचारकर्मीहरुको उपस्थिति थियो ।
निर्भीक र निडर पत्रकारिता गर्नुस: सहमहामन्त्री मंसुर
Leave a Comment
Leave a Comment


