काठमाडौं : टर्कीबाट काठमाडौं आएको जहाजको ल्यान्डिङ गियरमा आगो देखिएपछि रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई घण्टापछि पुनः सञ्चालनमा आएको छ।
इस्तानबुलबाट २ सय ७८ यात्रु बोकेर आएको टर्किस एयरलाइन्सको जहाज सोमबार बिहान काठमाडौं अवतरण गरेको थियो। जहाज धावनमार्गमा टर्न गर्ने क्रममा ल्यान्डिङ गियरमा आगो देखिएपछि विमानस्थलको उडान तथा अवतरण सेवा रोकिएको थियो।
घटनापछि विमानमा रहेका सबै यात्रुलाई आकस्मिक ढोकामार्फत सुरक्षित रूपमा बाहिर निकालिएको थियो। त्यसपछि दमकलको सहायतामा आगो नियन्त्रणमा लिनुका साथै उद्धार र प्राविधिक जाँचको काम गरिएको थियो।
विमान हटाएर धावनमार्ग खाली गरिएपछि करिब दुई घण्टापछि विमानस्थलको सेवा पुनः सुचारु भएको विमानस्थल कार्यालयले जनाएको छ।
दुई घण्टापछि त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा
Leave a Comment
Leave a Comment






