एसईई नतिजा सार्वजनिक : करिब ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा घोषणा गरेको हो।
यस वर्षको नतिजाअनुसार ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार नतिजा सार्वजनिक भए पनि वेबसाइटमा भने केही समयपछि मात्रै हेर्न मिल्ने व्यवस्था गरिएको छ।
गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुन आवेदन दिएका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी रहेका थिए।
परीक्षामा सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना परीक्षार्थी थिए।
यसपटक उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको कारण नतिजा अघिल्ला वर्षको तुलनामा छिट्टै सार्वजनिक गर्न सफल भएको बोर्डले जनाएको छ।

Leave a Comment