पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण आज देशका विभिन्न प्रदेशमा मौसम बदली भई वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा बादल लागेको छ भने केही क्षेत्रमा हल्का वर्षासमेत भइरहेको छ। हिमाली र पहाडी भूभागमा मौसम सामान्यतया बदली रहनेछ भने तराईका अधिकांश स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। मधेससहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षा र उच्च भूभागमा हल्का हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सुदूरपश्चिम प्रदेशका केही पहाडी र तराई जिल्लामा हुरीबतास, असिना तथा चट्याङको जोखिम समेत रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली कायम रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा जारी रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
आज देशका विभिन्न क्षेत्रमा चट्याङसहित वर्षा हुने सम्भावना
Leave a Comment
Leave a Comment







