टेरामक्स खरिद अनियमितता : दीगम्बर झासहित तीन जना दोषी, मोहनबहादुर बस्नेतले पाए सफाइ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असार २२ — टेरामक्स प्रणाली खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा सहित तीन जनालाई दोषी ठहर गरेको छ।
न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले तत्कालीन अध्यक्ष झा तथा प्राधिकरणका सदस्य धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो।
अदालतका अनुसार तीनै जनालाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिबाना हुने फैसला गरिएको छ। अध्यक्षको जिम्मेवारीमा रहेका कारण झालाई थप ६ महिना कैद सजाय समेत तोकिएको छ।
यही मुद्दामा अभियुक्त बनाइएका पूर्व सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई भने प्रमाण नपुगेको भन्दै विशेष अदालतले सफाइ दिएको छ।
टेरामक्स खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा दायर गरिएको बहुचर्चित भ्रष्टाचार मुद्दामा आएको यो फैसला सार्वजनिक भएपछि उक्त प्रकरण फेरि चर्चामा आएको छ।

Leave a Comment