काठमाडौँ : ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा सञ्चालन भइरहेको नक्कली मदिरा उत्पादन केन्द्रमा सशस्त्र प्रहरीले छापा मारेर चार जनालाई नियन्त्रणमा लिएको छ। छापाका क्रममा रेड लेबल, ब्ल्याक लेबल लगायतका महँगा विदेशी ब्राण्डको नक्कली मदिरा ठूलो परिमाणमा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–२ का ३० वर्षीय मनोज खत्री, खिम्ती क्षेत्रका २८ वर्षीय विनोद तामाङ र २६ वर्षीय विवेक तामाङ तथा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ का २२ वर्षीय छिदेन निमा तामाङ रहेका छन्।
प्रहरीले उक्त स्थानमा अवैध रूपमा विदेशी ब्राण्डको नक्कली मदिरा उत्पादन तथा प्याकेजिङ हुँदै आएको सूचनाका आधारमा छापा मारेको जनाएको छ। बरामद मदिरा, प्याकेजिङ सामग्री र उपकरणबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीको भनाइ छ।
चाँगाथलीमा नक्कली मदिरा कारखानामा सशस्त्रको छापा, महँगा ब्राण्डका रक्सी बरामद
Leave a Comment
Leave a Comment






