मधेश सरकारमा फेरबदल, एमालेका समिर मन्त्री नियुक्त

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारमा सत्ता समीकरण फेरबदलसँगै मन्त्रिपरिषद् पुनर्गठन सुरु भएको छ।
मुख्यमन्त्री यादवले मोहम्मद समिर लाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका छन्। उनको शपथ ग्रहण बिहीबार राति नै हुने तयारी गरिएको छ।
सरकार पुनर्गठनको क्रममा जनता समाजवादी पार्टी नेपाल का तीन मन्त्रीलाई पदमुक्त गरिएको छ। पदबाट हटाइने मन्त्रीहरूमा भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तथा श्रम तथा यातायात मन्त्री मनिष सुमन रहेका छन्।
मुख्यमन्त्री यादवले सत्ता समीकरण परिवर्तन हुने संकेत गर्दै मन्त्रीहरूलाई यसअघि नै राजीनामा दिन आग्रह गरेका थिए। तर राजीनामा नआएपछि उनीहरूलाई बर्खास्त गरेर नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको जनाइएको छ।
यसअघि नै जनमत पार्टी का दुई मन्त्रीले भने सरकारबाट राजीनामा दिइसकेका छन्। मधेश सरकारमा पछिल्लो राजनीतिक फेरबदलसँगै नयाँ गठबन्धनको अभ्यास तीव्र बनेको

Leave a Comment