कांग्रेस संस्थापनइतर समूहको सभापति भेला स्थगित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १९ चैत २०८२ – नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्ने भनिएको जिल्ला सभापतिहरूको भेला स्थगित भएको छ। विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूको धुम्बाराही बैठकले उक्त निर्णय गरेको हो।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको दुई दिने बैठक बोलाएका थिए। बैठकले तत्कालका लागि जिल्ला सभापतिहरूको भेला स्थगित गर्ने निर्णय गरेको नेताहरूले जानकारी दिएका छन्।

यसअघि संस्थापनइतर समूहले बिहीबार जिल्ला सभापतिहरूको भेला बोलाउने तयारी गरेको थियो। तर फरक ढंगले गतिविधि अघि बढाउने योजना बनाउँदै भेला स्थगित गरिएको बैठकमा सहभागी नेताहरूको भनाइ छ।

एक शीर्ष नेताले थप आन्तरिक छलफल गरेर जिल्ला सभापति भेलाबारे निर्णय गरिने जानकारी दिएका छन्। एक युवा नेताले प्रदेशअनुसार छुट्टाछुट्टै छलफल गर्ने तयारीका लागि पूर्वनिर्धारित भेला स्थगित गरिएको बताएका छन्।

संस्थापनइतर समूहका अर्का नेताले सर्वोच्च अदालतमा पार्टीको आधिकारितासम्बन्धी मुद्दाको २२ चैतमा तोकिएको पेसीलाई मध्यनजर गर्दै भेला स्थगित गरिएको प्रतिक्रिया दिएका छन्।

Leave a Comment