२४ फागुन, काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामजी यादव विजयी भएका छन्। उनले २८ हजार ४०४ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरे।
जनमत पार्टीका अध्यक्ष सिके राउत भने ९ हजार ८८० मतसहित तेस्रो स्थानमा सीमित भएका छन्। संसदीय राजनीतिमा सक्रिय बनेपछि राउतको यो निर्वाचन पराजय महत्वपूर्ण रूपमा हेरिएको छ।
यस्तै, जनमत पार्टीबाटै फुटेर बनेको स्वाभिमान पार्टीका सतिशकुमार सिंहले ३ हजार ५५७ मत प्राप्त गरेका छन्। उनी यसअघि जनमत पार्टीबाटै मधेश प्रदेशका मुख्यमन्त्री बनेका थिए।
त्यसैगरी नेपाली कांग्रेसका रामकुमार यादवले २ हजार ४९८, राष्ट्र निर्माण पार्टीका अफरोज आलमले १ हजार १२० तथा मोहम्मद जियाउन रहमानले ८८३ मत प्राप्त गरेका छन्।
यससँगै सप्तरी–२ मा रास्वपाले महत्वपूर्ण जित हासिल गरेको छ।

