रवि लामिछानेविरुद्धका दुई कसुर फिर्ता, सहकारी ठगी मुद्दा मात्रै कायम

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ : रवि लामिछाने विरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग कास्की जिल्ला अदालतले फिर्ता गर्ने आदेश दिएको छ।
शुक्रबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले सरकारी पक्षले दायर गरेको निवेदन स्वीकार गर्दै ती दुई कसुर हटाउने निर्णय सदर गरेको हो। अदालतका स्रेस्तेदार राजन खनालका अनुसार अब लामिछानेमाथि सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै कायम रहनेछ।
यसअघि तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी ले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा अभियोग संशोधनका लागि निवेदन दर्ता गरिएको थियो। निवेदनमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाई सहकारी ठगीसम्बन्धी मुद्दालाई मात्रै कायम राख्न माग गरिएको थियो।
अदालतको आदेशमा सहकारी ठगीसम्बन्धी अभियोग यथावत राखी अन्य दुई अभियोग कायम नरहने गरी संशोधन गरिएको उल्लेख छ।
यो आदेशसँगै लामिछानेविरुद्ध चलिरहेको मुद्दा अब सहकारी ठगीको आरोपमा केन्द्रित हुने भएको छ।

Leave a Comment