श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले बुधबार प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्। बैठक सुरु भएलगत्तै विरोध जनाएका साम्पाङ सभामुखको आग्रह नसुनी संसद् भवनबाट बाहिरिएका हुन्।
बैठकको सुरुमै उनले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएको विषय उठाएका थिए। प्रधानमन्त्रीलाई तत्काल सदनमा उपस्थित गराउन सभामुखले रुलिङ गर्नुपर्ने माग पनि उनले गरेका थिए।
तर सभामुख डोलप्रसाद अर्याल ले कुन विषयमा रुलिङ गर्ने वा नगर्ने अधिकार आफूमा निहित रहेको जवाफ दिएका थिए। सभामुखको उक्त प्रतिक्रियापछि साम्पाङ असन्तुष्ट बनेर बैठक बहिस्कार गर्दै बाहिरिएका हुन्।
साम्पाङले पछिल्ला केही बैठकहरूमा पनि प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर लगातार आपत्ति जनाउँदै आएका छन्।
प्रधानमन्त्री अनुपस्थितिको विरोध गर्दै संसदबाट बाहिरिए हर्क साम्पाङ
Leave a Comment
Leave a Comment






