१६ जेठ,बारा: बाराको परवानीपुर गाउँपालिका वडा नम्बर-४ मा रहेको दिल्ली पब्लिक स्कुलले गाउँपालिकाको आदेशलाई अटेर गर्ने गरेको छ ।
दिल्ली पब्लिक स्कुलले गर्मी विदा दिने गाउँपालिकाको निर्णय अटेर गर्दै विद्यालय संचालन गरेको छ ।
पालिकाले जेठ १६ गतेदेखि १८ गते सम्म गर्मी विदा दिने सुचना जारी गरेपनि स्कुलले आज विद्यालय संचालन गरेको छ ।
दिल्ली पब्लिक स्कुलले पालिकाको शिक्षा ऎन र नितीनिर्देशन पालना गर्नुको सट्टा आफ्नै नियम अनुसार चल्ने गरेको गुनासो अभिभावकहरुले गरेका छन । स्कुलका प्रधानाध्यापक रँजिव आनन्दले आज एकदिन स्कुल संचालन भएको र आईतवारदेखि छुट्टी दिईने जानकारी गराउनु भयो ।