बाराका प्रमुख जिल्ला अधिकारीको रूपमा बसन्त अधिकारी आउँदै

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 185
पढ्न लाग्ने समय : 1 मिनेट

९ कात्तिक, काठमाडौं :गृह मन्त्रालयले बारा सहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी, सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ ।

मन्त्रालयले एकैसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ ।

बारामा विपद व्यवस्थापन प्राधिकरण कार्यालयबाट वसन्त अधिकारी आउने भएका छन ।

मन्त्रालयले बाराका शशिधर घिमिरेलाई मन्त्रालय तानेको छ ।

विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ । रुपन्देहीमा बासुदेव घिमिरे सीडीओ बनेका छन् ।

दिनशेसागर भुसाललाई पर्साबाट भैरहवा विमानस्थलको अध्यागमन कार्यालयमा पठाइएको छ । लालबाबु कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

भक्तपुर र ललितपुरमा पनि सीडीओ फेरिएका छन् । भक्तपुरमा यसअघि डोटीमा सीडीओ रहेका गोपालप्रसाद अर्याल आएका छन् । भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठलाई राष्ट्रिय विपद जोखिम न्युनीकरण प्राधिकरणका सरुवा गरिएको छ ।

ललितपुरका सीडीओ तुल्सीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ भने ललितपुरमा रमेश ढकाललाई सीडीओ बनाएर पठाइएको छ ।