काठमाडौं । एसीसी महिला प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाको क्वालालम्पुर स्थित कोलेज तुएन्कु जाफेर ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २० ओभर पूरा खेल्दै ११३ रनमा समेटियो। अब जितका लागि भुटानले ११४ रन बनाउनुपर्नेछ।
नेपालको इनिङ्स संकटमा परेका बेला सीता राना मगर र रुबिना क्षेत्री ले महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए। सीताले सर्वाधिक ३७ रन बनाइन् भने रुबिनाले २४ रनको योगदान दिइन्। दुवैले सात विकेट गुमाइसकेको अवस्थामा ४० रनको साझेदारी गरेका थिए।
यस्तै, सोनी पाख्रिन ले १३ र सम्झना खड्का ले १० रन जोडिन्। अन्य ब्याटरले भने उल्लेखनीय योगदान दिन सकेनन्।
बलिङतर्फ भुटानका सोनाम र छिरिङ जाङ्ग्मो ले समान ३–३ विकेट लिए। साथै अन्जु गुरुङ ले २ विकेट हात पारिन्।
अब नेपालले जित सुनिश्चित गर्न बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ११३ रनको रक्षा गर्नुपर्ने चुनौती सामना गर्नेछ।
एसीसी महिला प्रिमियर कप: भुटानसामु नेपालको ११४ रनको चुनौती
Leave a Comment
Leave a Comment






