काठमाडौं- ३० भदौ ।
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति सम्मान प्रकट गर्दै महत्त्वपूर्ण निर्णय गरेका छन् ।
उनले मृतकहरूको सम्झनामा राष्ट्रिय झण्डा आधा झुकाएर शोक दिवस मनाउने र पीडित परिवारलाई तत्काल एक लाख रुपैयाँ काजकिरिया खर्च उपलब्ध गराउने घोषणा गरेका हुन् ।
गृहमन्त्री अर्यालले यस प्रस्तावलाई मन्त्रिपरिषद् बैठकमा लैजाने बताउँदै औपचारिकता त्यहीँ दिने तयारी भएको स्पष्ट पारेका छन् । शोक दिवस मनाउने मिति भन्ने मन्त्रिपरिषद्ले तोक्नेछ ।
सरकारको तर्फबाट आएको यस निर्णयलाई जनआन्दोलनका क्रममा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण र पीडित परिवारलाई सहयोग गर्ने कदमका रूपमा लिइएको छ ।
अर्याललाई गृह मन्त्रालयसँगै कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका सल्लाहकारका रुपमा कार्यरत थिए ।
नवनियुक्त गृहमन्त्री अर्यालले पदभार ग्रहण गर्दै गरे दुई निर्णय
Leave a Comment
Leave a Comment


