३० बैशाख,कलैया : उपराष्ट्रपति रामसहाय यादवले आज बाराको कलैया स्थित प्रादेशिक अस्पतालको प्राङ्गणमा नव निर्मित ‘कलैया रक्तसञ्चार केन्द्र ’ को औपचारिक उद्घाटन गरेका छन ।
एक विशेष समारोहका बीच उपराष्ट्रपतिले रिबन काटेर ब्लड बैंकको उद्घाटन गरेका हुन ।
उद्घाटन समारोहमा उपराष्ट्रपति यादवले रक्तदान जस्ता मानवीय कार्यहरू समाजमा अतिनै आवश्यक र उच्च मूल्यका हुने बताउँदै ब्लड बैंक स्थापनाले बारा, पर्सा, रौतहट लगायतका जिल्लाका हजारौं बिरामीहरूलाई सहज रक्त आपूर्ति हुने विश्वास व्यक्त गरे ।
कलैया ब्लड बैंकको स्थापना कलैया उपमहानगरपालिका र प्रादेशिक अस्पताल कलैयाको सहकार्यमा भएको हो। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.अजय गुप्ताले ब्लड बैंकमा अत्याधुनिक उपकरणहरू जडान गरिएको र दक्ष जनशक्ति परिचालन गरिएको जानकारी दिए ।
समारोहमा संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, तथा समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो।
छाया नेपालको सहयोगमा नव निर्मित ब्लड बैंक भवन सञ्चालनमा आएपछि यस क्षेत्रका अस्पतालहरूलाई समयमै सुरक्षित रगत उपलब्ध उपालब्ध हुनेछ ।


