बँदेल नियन्त्रणका लागि राखिएको करेन्ट लाग्दा महिलाको मृत्यु, श्रीमान् नियन्त्रणमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

गुल्मी । बँदेल नियन्त्रण गर्न राखिएको विद्युतीय करेन्टमा परेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ।
धुर्कोट गाउँपालिका–५ मन्टारीकी ६० वर्षीया हुमकला भण्डारीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरीका अनुसार उनका श्रीमान् ६६ वर्षीय भेषराज भण्डारीले घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा बँदेल नियन्त्रणका लागि बिजुलीको पोलबाट करेन्ट प्रवाह हुने व्यवस्था मिलाएका थिए।
सोही करेन्टमा परेर हुमकला गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो। तर चिकित्सकले बिहान ३:२५ बजे मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Leave a Comment