रास्वपाको पहिलो केन्द्रीय समिति बैठकबाट यस्ता निर्णय, अनुशासन आयोगमा लेखनाथ पौडेल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ केन्द्रीय समितिको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ।
बुधबार नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि बसेको बैठकले पहिलो महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिने निर्णय गरेको हो।
बैठकपछि रास्वपाका सहमहामन्त्री हरि ढकालले सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका आयोगहरूको नेतृत्व चयन गरिएको जानकारी दिए।
उनका अनुसार बैठकले निर्वाचन आयोग र लेखा आयोगमा यसअघि रहेका नेतृत्वलाई नै निरन्तरता दिने निर्णय गरेको छ। निर्वाचन आयोग प्रमुखमा भुवन केसी र लेखा आयोग प्रमुखमा अभिषेक घिमिरेलाई कायम राखिएको छ।
त्यस्तै, अनुशासन आयोगको नेतृत्व भने परिवर्तन गरिएको छ। बैठकले कास्कीका पूर्वन्यायाधीश लेखनाथ पौडेललाई अनुशासन आयोग प्रमुखमा नियुक्त गरेको हो।
रास्वपाले महाधिवेशनपछि बनेको नयाँ केन्द्रीय समितिको पहिलो बैठकबाट संगठनलाई थप व्यवस्थित बनाउने काम अघि बढाएको जनाएको छ।

Leave a Comment