काठमाडौं, फागुन १२। भारतको झारखण्ड राज्यमा एयर एम्बुलेन्सका रूपमा प्रयोग भइरहेको चार्टर्ड विमान दुर्घटनाग्रस्त हुँदा पाइलटसहित ७ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ बाट उडेको ‘रेडबर्ड बीचक्राफ्ट किङ एयर बी–९० एल’ विमान को समरिया क्षेत्रको जंगलमा खसेको हो। दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएको जनाइएको छ।
विमानमा क्याप्टेन विवेक विकास भगत (पाइलट) र क्याप्टेन सबराजदीप सिंह (सह–पाइलट) सहित बिरामी संजय कुमार, उनका परिवार सदस्य अर्चना देवी र धुरु कुमार, चिकित्सक विकास कुमार गुप्ता तथा प्यारामेडिकल कर्मचारी सचिन कुमार मिश्रा सवार थिए।
उक्त विमान बिरामीलाई थप उपचारका लागि लैजाँदै गर्दा दुर्घटनामा परेको प्रारम्भिक जानकारीमा उल्लेख छ। दुर्घटनाको कारणबारे औपचारिक विवरण आउन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।

