सुत्केरीको मृत्यु पछि किष्ट अस्पतालमा तोडफोड

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१० कात्तिक २०८२, काठमाडौं ।

ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि आफन्तहरूले अस्पतालमा तोडफोड गरेका छन्।

खोटाङ हलेसी तुवाचुङ नगरपालिका–९ की ३४ वर्षीया मिनाश्री राईको सुत्केरी गराउने क्रममा मृत्यु भएको थियो। मृत्युपछि उनका आफन्त र स्थानीयले चिकित्सकको लापरवाहीका कारण ज्यान गएको आरोप लगाउँदै आक्रोश प्रकट गरेका थिए।

आक्रोशित भीडले अस्पतालको मुख्य गेट फोडी भित्र प्रवेश गरेर ढुंगामुढा गरेको प्रहरी स्रोतले जनाएको छ। स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेर भीड तितरवितर गरेको थियो।

घटनापछि अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।
अस्पताल प्रशासनले भने मृत्युबारे पूर्ण तथ्य र मेडिकल रिपोर्ट नआएसम्म निष्कर्षमा नपुग्न आग्रह गरेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a comment