२८ जेठ, रौतहट : रौतहटको मौलापुरकी मेयर रिना साहले जनताको पक्षमा गरेको बिभिन्न कामले उनी चर्चामा रहेकी छन् ।
मेयर साहले ‘फ्री बिजुली, फ्री पानी’ कार्यक्रम अन्तरगत बिधुत महसुलको तेस्रो किस्ता वापत ४५ लाख २६ हजार रकम आज बिद्युत प्राधिकरणलाई बुझाएकीक छन् । घरायसी मिटर र कृषी मिटरको सम्पूर्ण रकम नगरपालिकाले तिर्दै आएका छ ।
मेयर साहले बिद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख दिनेश यादवलाई सो वापतको चेक हस्तान्तरण गरेकी हुन् ।
मौलापुरका जनताले बुझाउनुपर्ने विद्युत महसुलको तेस्रो किस्ता नगरपालिकाले नै बुझाएको हो । यस अघि सोही कार्यक्रम अन्तरगत चालु आर्थिक बर्षमा मात्रै अहिले सम्म ३ करोड ४३ लाख ५० हजार रकम नगरपालिकाले बुझाइसकेको छ ।
विगत पाँच बर्षदेखी मौलापुर नगरपालिकामा मेयर साहले ‘फ्री बिजुली, फ्री पानी’ कार्यक्रम लागु गर्दै जनताले तिर्नुपर्ने घरायसी र कृषि मिटरको रकम नगरपालिकाले तिर्दै आएको छ ।
मेयर साहको पहलमा कानून अनुसार विवाह गर्न उमेर पुगेका गरिब, असहाय परिवारका छोरीको विवाहका लागि नगद ३० हजार रुपैया उपलब्ध गराउँदै आएकी छन् । ‘असहायका साथ मेयर’ भन्ने कार्यक्रम अन्तरगत सो रकम मौलापुर नगरपालिकाले उपलब्ध गराउँदै आएको छ ।
मेयर साहकै पहलमा मौलापुर नगरपालिकामा मालपोत शुल्क, नागरिकक्ता सिफारिस, विवाह दर्ता, मृत्यु दर्ता लगायतका बिभिन्न सिफारिसहरुको समेत शुल्कहरु शुन्य बनाइएको छ ।