लगातार वर्षापछि मुग्लिन–नारायणगढ सडक पूर्ण अवरुद्ध, पहिरो पन्छाउन कठिन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

चितवन, असार २९ — लगातारको वर्षाका कारण चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड सोमबार साँझदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडकखण्डअन्तर्गत तुईन खोलामा माथिबाट ढुंगा झर्न थालेपछि तथा सेती दोभान क्षेत्रमा लेदो र पहिरो खसेपछि दुवैतर्फको सवारी आवागमन रोकिएको हो।
प्रहरीका अनुसार साँझ करिब ७:४० बजेदेखि सडक बन्द भएको हो। पहिरो हटाउन डोजर तथा अन्य उपकरण घटनास्थलमा पुगेका भए पनि निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउने काम प्रभावित भएको छ।
सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहे पनि वर्षा नरोकिएकाले सडक खुल्ने समयबारे यकिन गर्न नसकिएको जनाइएको छ।
यस मार्ग हुँदै यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई वैकल्पिक व्यवस्था अपनाउन र सम्बन्धित निकायको सूचना पछिमात्र यात्रा गर्न आग्रह गरिएको छ।

Leave a Comment