१६ भाद्र,बारा: बारा जिल्लामा प्रहरीले २ लाख रुपैयाँ बराबरको पटका नियन्त्रणमा लिन सफल भएको छ।
विशेष सूचनाको आधारमा भदौ १४ गते प्रहरी चौकी मटिअर्वा, बारा–१७ को टोलि कमाण्डर खटिएको प्रहरी टोलिले जिल्लाको बारा कलैया उपमहानगरपालिका वडा नं. १० मटियार्वा स्कूल नजिक मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा उक्त पटका बरामद गरेको हो।
मोटरसाइकलद्वारा भारततर्फ लैजाँदै गरिएको पटका प्रहरीले नियन्त्रणमा लिएर बरामद गरेको जनाइएको छ। बरामद गरिएका सामानसहित आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।


