हर्मुजमा अमेरिकी हस्तक्षेप अस्वीकार्य, युद्ध फैलिन सक्ने इरानको चेतावनी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

इरानले हर्मुज जलडमरूमध्यको व्यवस्थापनमा अमेरिकाको कुनै पनि हस्तक्षेप स्वीकार नगर्ने स्पष्ट सन्देश दिएको छ। इरानी सेनाले उक्त समुद्री मार्ग आफ्नो राष्ट्रिय अधिकारभित्र पर्ने विषय भएकाले त्यसको नियन्त्रणमा अमेरिकालाई कहिल्यै अनुमति नदिएको र भविष्यमा पनि नदिइने जनाएको छ।
साथै, हर्मुज क्षेत्रमा नाकाबन्दी लागू गर्न वा त्यसमा अमेरिकालाई सहयोग गर्ने कुनै पनि देशको कदमलाई इरानविरुद्धको प्रत्यक्ष आक्रमणको रूपमा लिइने इरानी सेनाले चेतावनी दिएको छ।
इरानी सेनाले वर्तमान द्वन्द्व थप चर्किए त्यसको असर सम्पूर्ण मध्यपूर्वमा फैलिन सक्ने चेतावनी दिँदै युद्धको आगोले क्षेत्रका सबै मुलुकलाई असर गर्ने दाबी गरेको छ। यस्तो परिस्थितिले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय जलमार्गमा थप तनाव सिर्जना हुन सक्ने जनाएको छ।

Leave a Comment