बारा, असार ३० — मिटरब्याज पीडितहरूको मागबारे प्रत्यक्ष संवाद गर्न गृहमन्त्री सुधन गुरुङ मंगलबार बाराको निजगढ पुगेका छन्। जनकपुरबाट काठमाडौं केन्द्रित ‘पैदल न्याय मार्च’ मा रहेका पीडितहरूसँग गृहमन्त्रीको छलफल सुरु भएको छ।
बुद्ध एयरको विमानमार्फत सिमरा विमानस्थल अवतरण गरेका गृहमन्त्री गुरुङ त्यसपछि सडकमार्ग हुँदै निजगढ पुगेका हुन्। हाल आन्दोलनरत पीडितका प्रतिनिधिसँग उनीहरूको माग, समस्या तथा समाधानका सम्भावित उपायबारे छलफल भइरहेको छ।
मिटरब्याज पीडितहरूले दोषीमाथि कडा कानुनी कारबाही, पीडितलाई न्याय र दीर्घकालीन समाधानको माग गर्दै जनकपुरबाट काठमाडौंसम्म पैदल यात्रा गरिरहेका छन्। गृहमन्त्रीसँगको यो प्रत्यक्ष संवादलाई आन्दोलनको आगामी दिशा र सरकारको भूमिकाका हिसाबले महत्वपूर्ण रूपमा हेरिएको छ।
छलफलको नतिजाबारे भने हालसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
मिटरब्याज पीडितसँग गृहमन्त्री गुरुङको छलफल सुरु
Leave a Comment
Leave a Comment

