८ असार, बारा: राष्ट्रिय दलित पत्रकार संघ पर्साको अध्यक्षमा पुन: श्याम पासवान चयन भएका छन ।
आज वीरगन्जमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट पासवान दोस्रो कार्यकालकालागी पुन: अध्यक्षमा चयन भएका हुन ।
संघको उपाध्यक्षमा सुरेश बादल, सचिवमा सुर्यनारायण विक,सहसचिवमा सुशील हजरा र कोषाध्यक्षमा लिला राम रहनेगरी १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।
त्यसैगरी सदस्यहरुमा धर्मेन्द्र राम, संस्कार पासवान,सिद्धार्थ बादल, संगीता दास, विपीन महरा, सुजिता कुमारी,आशिका कुमारी र रामबाबु राम चयन भएका छन ।
त्यसैगरी सल्लाहकारमा बृजलाल पासवान,विनोद परियार र सुभाष राम चयन भएको दलित पत्रकार संघका केन्द्रिय सचिव सिकेन्द्र पासवानले जानकारी गराए ।
यसअघि संघको दोस्रो जिल्ला अधिवेशनको राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानले गर्नु भएको थियो ।
उदघाटन सत्रमा नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, दलित पत्रकार संघका केन्द्रिय सचिव सिकेन्द्र पासवान, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य बृजलाल पासवान लगायतले मन्तव्य राखेका थिए ।