३२ असार, रौतहट: रौतहटमा तस्करी तीब्र भएको छ ।
प्रहरीले तस्करी नियन्त्रणगर्नुको सट्टा आर्थिक प्रलोभनमा परेपछि तस्करी तीब्र भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक सुरज डल्लाकोटीले प्रहरी उपरीक्षक नेत्रमणी गिरीलाई बिश्वासमा लिएर तस्करीको लाईन खुल्ला गरेको स्रोतले दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक डल्लाकोटीले दुईजना घुमुवा परिचालनगरि तस्करी तीब्र बनाएको स्थानीयले आरोप लगाएका छन ।
प्रहरी निरीक्षक डल्लाकोटीले प्रहरी सहायक हवल्दार अनिल रायभर र प्रहरी जवान नागेन्द्र यादवलाई परिचालनगरि तस्करी तीब्र बनाएको स्रोतले दाबी गरेको छ ।
प्रहरी सहायक हवल्दार रायभर बसपार्क प्रहरी चौकीमा र प्रहरी जवान यादव जिल्ला कारागार रौतहटमा कार्यरत रही प्रहरी निरीक्षक डल्लाकोटीको निर्देशनमा तस्करीहरुसंग पैसा लिएर तस्करी गराई रहेको एकजना प्रहरी अधिकृतले दाबी गरेका छन ।
प्रहरीको सेटिङ्गमा मुस्तुफा र बरकत नाम गरेको व्यापारीले कपडा तस्करीको लाइन पाएका छन ।
प्रहरीले कान्छा भन्नेलाई राँगाको, रुपेश भन्नेलाई किराना समानको लाईन दिएको छ ।
राजकिशोरले चिनी,अमरदीपले कपडा,भोलाले मोबाईल पार्टस,गुड्दुले किराना समानको लाईन पाएको प्रहरी स्रोतले दाबी गरेको छ ।
प्रहरी निरीक्षक डल्लाकोटीले खटाएको प्रहरी सहायक हवल्दार रायभर र जवान यादवले तस्करहरुसंग रकम संकलन गर्ने स्रोतले दाबी गरेको छ । प्रहरी निरीक्षक डल्लाकोटीले कुनै घुमुवा परिचालन नगरेको र कसैसँग पैसा नलिएको दाबी गरे ।प्रहरी उपरीक्षक गिरीले कसैलाई पनि घुमुवाको रुपमा नखटाएको दाबी गरेका छन ।
तर प्रहरी सहायक हवल्दार अनिल रायभरले प्रहरी चौकी बसपार्कमा तस्करहरुलाई बोलाएर डीआईजी र एसपीको नाममा पैसा उठाउने गरेको प्रत्यक्षदर्शीले बताएका छन ।
सहायक हवल्दार रायभरले डीउटी नगरेर प्रहरी निरीक्षक डल्लाकोटीको निर्देशनमा पैसा उठाउनमै व्यस्त रहने गरेको एकजना प्रहरी स्रोतले दाबी गर्यो ।


