कलैया, असार २ — बाराको कलैया उपमहानगरपालिका–५ मा घर अगाडि पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी भएको छ।
स्थानीय निवासी विकास कुमार साहको मधेस प्रदेश ०३–०४४ प ९२२५ नम्बरको पल्सर मोटरसाइकल मंगलबार दिउँसो घर अगाडि राखिएको अवस्थामा चोरी भएको हो।
मोटरसाइकल हराएको थाहा पाएपछि खोजी कार्य गरिए पनि फेला नपरेको जनाइएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय कलैयामा जानकारी गराइएको र प्रहरीले मोटरसाइकलको खोजी तथा घटनाको अनुसन्धान सुरु गरेको बताइएको छ।
प्रहरीले मोटरसाइकल देख्ने वा यस सम्बन्धमा कुनै जानकारी प्राप्त भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।






