दुर्गा प्रसाईं समूहले नेपाल बन्द र आम हड्ताल फिर्ता लियो, सरकारसँग निरन्तर संवाद गर्ने सहमति

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, मंसिर ६ —
दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आइतबारदेखि लागू गर्ने भनिएको नेपाल बन्द तथा अनिश्चितकालीन आम हड्तालको कार्यक्रम फिर्ता लिएको छ।

शनिबार बेलुका बालुवाटारमा सरकार र महाअभियानका प्रतिनिधिबीच भएको वार्तापछि आन्दोलनका कार्यक्रम रोक्ने सहमति बनेको हो।

२७ बुँदे मागमा निरन्तर संवाद

वार्ताका क्रममा महाअभियानले प्रस्तुत गरेका २७ बुँदे मागबारे विस्तृत छलफल भएको तथा ती मागहरूको समाधानका लागि दुबै पक्षले निरन्तर संवाद र समन्वय अघि बढाउने सहमति गरेका छन्।

सहमति पत्रमा शान्ति–सुरक्षा स्थिति, नागरिक चासो र सार्वजनिक हितलाई ध्यानमा राखेर
सरकार वार्ता, छलफल र सहजीकरण प्रक्रियामा निरन्तर रहने प्रतिबद्धता जनाइएको छ।

दुवै पक्षका प्रतिनिधि सहभागी

वार्तामा महाअभियानतर्फबाट

सचिव प्रेमदीप लिम्बु (नेतृत्व),

अधिवक्ता विनोदमणि भट्टराई,

लवण न्यौपाने,

डा. निराजन प्रसाई

सहभागी थिए।

सरकारतर्फ

गृहमन्त्री ओमप्रकाश अर्याल,

प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल,

सल्लाहकार गोविन्दनारायण

उपस्थित थिए।

कार्यक्रम फिर्ता, तर मुद्दाहरूमा ध्यान निरन्तर

महाअभियानले भनेका मुद्दाहरूलाई सम्बोधन गर्दै जाने र आवश्यक विषयमा छलफल जारी राख्ने सम्झौतासँगै
नेपाल बन्द र आम हड्तालको निर्णय स्थगित गरिएको हो।

Leave a comment