गढीमाई मेलामा सुरक्षा ब्यवस्थामा कुनै कसुर बाकी हुँदैन : मधेसका गृह मन्त्री लेखी

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 97
पढ्न लाग्ने समय : 1 मिनेट

१५ मंसिर,बारा : मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरीक्षण गरेका ।

मन्त्री लेखी मन्त्रालयको टोली सहित बरियारपुर पुगेर मेलाको अवलोकन तथा निरिक्षण गरेका हुन ।

गढीमाई मेलाको अवलोकन तथा निरीक्षण पछि महागढीमाई नगरपालिकामा आयोजित छलफल कार्यक्रममा गृह सञ्चार तथा कानुन मन्त्री लेखीले मधेशमा एकै महिनामा २ वटा ठूलो मेला लाग्ने भएकोले सुरक्षामा कुनै किसिमको चुक नहुनेगरी मन्त्रालयले काम गरिरहेको बताए ।

हरेक पाँच बर्षमा लाग्ने गढीमाई मेलामा दर्शनार्थीहरुको धेरै भिड हुने भएकालेे सुरक्षा ब्यवस्थापनमा कुनै कसर बाकी नरहने मन्त्री लेखीले बताए ।

बिवाह पञ्चमी अवसरमा जनकपुरमा समेत ठूलो मेला लाग्ने भएकोले अहिले प्रदेश सरकारको ध्यान जनकपुर र बरियारपुरमा लाग्ने गढीमाई मेलामा केन्द्रित रहेको समेत मन्त्री लेखीले बताए ।