आलमलाई सफाई दिने दुई न्यायाधीशमाथि छानबिन गर्न सर्वोच्चका न्यायाधीश शर्माको समिति बन्यो

बिश्व खबर
बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

५ असार, काठमाडौं : न्यायपरिषद्ले उच्च अदालत वीरगन्जका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन गरेको छ ।

नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाई दिने दुबैजना न्यायाधीशमाथी छानवीनगर्न परिषदले समिति गठन गरेको हो ।

बिहीबारको परिषद् बैठकले सर्वोच्च अदालतका न्यायाधीश विनोदकुमार शर्माको एक सदस्यीय समिति गठन गरेको हो । अब उक्त समितिले न्यायपरिषद्मा परेका उजुरीमाथि छानबिन गर्नेछ ।

न्यायपरिषद् ऐनको दफा १८ मा जिल्ला वा उच्च अदालतका न्यायाधीशमाथि छानबिन गर्दा न्यायपरिषद्का सदस्य वा सर्वोच्च अदालतका कुनै न्यायाधीशको समिति गठन गर्ने व्यवस्था छ । त्यही व्यवस्था अनुसार, बिहीबार समिति गठन भएको हो ।

अब न्यायाधीश शर्माको एक सदस्यीय समितिले सम्बन्धित न्यायाधीश वा अन्य व्यक्तिसँग सोधपुछ गर्न पाउने व्यवस्था छ ।

समितिले तोकिएको समयभित्र राय सहितको प्रतिवेदन न्यायपरिषदमा बुझाउनुपर्नेछ ।

Leave a comment