सर्लाहीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, एक घाइते

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
फोटो-एआइ

सर्लाहीको हरिपुर्वा नगरपालिका–३ काब्रिस्तानमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
धनकौल–पर्सा भित्री सडकखण्डमा भएको दुर्घटनामा ज ११ प १२१३ नम्बरको मोटरसाइकलमा पछाडि सवार हरिपुर्वा–३ का ४० वर्षीय कारी पमरियाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा प्रदेश २–०२–००३ प ११७५ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५ सुक्नाहका ४५ वर्षीय चन्देश्वर दास घाइते भएका छन्। उनको जनकपुरस्थित गोल्डेन अस्पताल धनुषामा उपचार भइरहेको छ।
दुर्घटनापछि ज ११ प १२१३ नम्बरको मोटरसाइकल चालक हरिपुर्वा–३ का २६ वर्षीय अदुत शेखलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरी चौकी पर्साको नियन्त्रणमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

Leave a Comment