काठमाडौं, भदौ ५ । अमेरिकाको पश्चिमी राज्य अलास्कामा आठ जना सवार चार्टर विमान दुर्घटनामा परेको छ। एन्कोरेजबाट उडेको विमान केप न्युएनहमनजिकै रहेको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।
संघीय अधिकारीहरूका अनुसार विमानमा दुई पाइलटसहित छ जना यात्रु थिए। दुर्घटनापछि विमानमा सवार उनीहरूको अवस्थाबारे तत्काल कुनै जानकारी प्राप्त हुन सकेको छैन।
नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनले विमान एन्कोरेजबाट उडेको र केप न्युएनहममा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्।
दुर्घटनास्थल केप न्युएनहम लङ रेन्ज राडार साइटनजिकै रहेको बताइएको छ। घटनाको सूचना प्राप्त भएपछि अलास्का रेस्क्यु कोअर्डिनेसन सेन्टरले तत्काल खोज तथा उद्धार टोली परिचालन गरेको छ।
जोन्सनले दुर्घटनासम्बन्धी अहिलेसम्म प्राप्त विवरण प्रारम्भिक चरणमा रहेको भन्दै थप तथ्य संकलन भइरहेको बताएका छन्।
विमान दुर्घटनाको कारण भने खुल्न सकेको छैन। उद्धार टोलीले सम्भावित जीवित व्यक्ति तथा विमानको अवस्थाबारे खोजी गरिरहेको अधिकारीहरूले बताएका छन्।
अलास्कामा आठ जना सवार चार्टर विमान दुर्घटनामा, यात्रुको अवस्थाबारे जानकारी छैन
Leave a Comment
Leave a Comment

