दुर्घटनामा एकजना गम्भीर घाइते

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 104
पढ्न लाग्ने समय : 1 मिनेट

१० भदौ, बारा : बाराको कलैयामा ट्रकमा मोटरसाइकल ठोकिंदा एकजना  गम्भीर घाइते भएका छन ।

कलैया उपमहानगरपालिका-९ रामपुर चोकमा आज साँझ कलैयाबाट बरियारपुर तर्फ जाँदै गरेको ज १ ब ७४० नम्बरको मोटरसाइकलले रोकिराखेको ना ६ ख १९४३ नम्बरको ट्रकमा ठोकिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका-३ का करिब ३५ बर्षीय मनोज यादव गम्भीर घाइते भएका हुन ।

घाइते यादवको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार भईरहेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

मोटरसाइकल र ट्रकसहित ट्रक चालक रौतहटको माधव नारायण नगरपालिका २ खेसरहिया बस्ने अन्दाजी ३० वर्षीय रामविकेस साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

Leave a comment