काठमाडौं, १९ फागुन । मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच त्यहाँ कार्यरत नेपालीहरूलाई अनावश्यक जोखिम नलिन सरकार र स्थानीय प्रशासनले पुनः सचेत गराएका छन्। विशेषगरी मिसाइल आक्रमणपछि खसेका अवशेष नजिक पुगेर फोटो–भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्तिले सुरक्षासम्बन्धी चिन्ता बढाएको छ।
दुबई प्रहरीको स्पष्ट सन्देश
हालै सार्वजनिक भिडियोमा का अधिकारीले मिसाइलको ‘फलिङ डेब्रिस’ खसेको स्थानमा भीड नगर्न र कुनै पनि दृश्य रेकर्ड नगर्न आग्रह गरेका छन्। गलत वा भ्रामक सामग्री सामाजिक सञ्जालमा हाल्दा कानुनी कारबाहीसमेत हुन सक्ने चेतावनी दिइएको छ।
स्थानीय प्रशासनले यस्तो गतिविधिले व्यक्तिगत सुरक्षामात्र होइन, राष्ट्रिय सुरक्षासमेत प्रभावित हुन सक्ने जनाएको छ।
इरान–इजरायल तनावपछि अफवाहको बाढी
र बीचको मिसाइल आक्रमण तथा त्यसमा को संलग्नतापछि सामाजिक सञ्जालमा असत्य सामग्रीको प्रसार तीव्र बनेको छ। एआई प्रयोग गरी बनाइएका तस्बिर र भिडियोले झन् अन्योल सिर्जना गरेको छ।
यूएईसहित कतार र साउदी अरेबियाले संवेदनशील सामग्री पोस्ट गर्नेप्रति कडाइ अपनाउन थालेका छन्।
‘१७ लाख परिवार चिन्तित हुन सक्छन्’ : परराष्ट्र
ले पत्रकार सम्मेलनमार्फत सत्यतथ्य पुष्टि नभएका सामग्री नफैलाउन आग्रह गरेको छ। मन्त्रालयका अनुसार मध्यपूर्व क्षेत्रमा करिब १७ लाख नेपाली कार्यरत छन्।
साना घटनालाई अतिरञ्जित रूपमा प्रस्तुत गर्दा नेपालमा रहेका परिवारमा अनावश्यक त्रास फैलिन सक्ने भन्दै संयमता अपनाउन अपिल गरिएको छ।
एड्भाइजरी पालना गर्न आग्रह
सरकारले जारी गरेको सुरक्षा एड्भाइजरीको पूर्ण पालना गर्न, संवेदनशील स्थानमा नजान र ‘कन्टेन्ट क्रिएसन’ का नाममा जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ।
अधिकारिहरूका अनुसार युद्धको संवेदनशील अवस्थामा जिम्मेवार सूचना प्रवाह र व्यक्तिगत सुरक्षा नै सबैभन्दा महत्वपूर्ण पक्ष हो।

