४ साउन, बारा: बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेलाई प्रहरी प्रधान कार्यालयले कार्बाही स्वरुप काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आज डीएसपी न्यौपानेको प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौ सरुवा गरेको हो।
डीएसपी न्यौपानेको काज सरुवाको पत्र आएको प्रहरी उपरीक्षक महेन्द्र खडकाले जानकारी गराए ।
प्रहरी स्रोतका अनुसार डीएसपी न्यौपानेलाई कार्बाही स्वरूप प्रधान कार्यालयले सरुवा गरेको हो ।
डीएसपी न्यौपानेले कलैयाका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुश्वाहाको मुद्दा कमजोर बनाएको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको थियोे ।
प्रहरी उपरीक्षक खडकाले काज सरुवा भएको स्वीकार गरेपनी अन्य आरोप गलत भएको दाबी गरे ।