पर्सामा अपराध र तस्करी नियन्त्रण आफ्नो पहिलो प्राथमिकता: प्रहरी उपरीक्षक मिश्र

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 55
पढ्न लाग्ने समय : 2 मिनेट
Oplus_131072

१७ माघ,वीरगञ्ज : पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले अपराध र तस्करी नियन्त्रण आफ्नो पहिलो प्रथामिकता रहेको बताएका छन् ।

भर्खरै सरुवा भएर पर्साको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका प्रहरी उपरीक्षक मिश्रले आज बिहीबार पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

आफू १८ वर्ष पहिला पर्सामा बसेको स्मरण गर्दै प्रहरी उपरीक्षक गौतमले ०६२/६३ को आन्दोलन र मधेश आन्दोलनमा वीरगन्जमा बसेको कारणले पनि यहाँको विषयमा आफू जानकार रहेको बताए ।

पर्सा जिल्ला एउटा चूनौती पुर्ण जिल्ला रहेको बताउदै केही साना घटना भएपनि धेरै हल्ला हुने र देशको मुटु, देशकै बढी उद्योग कलकारखाना रहेको कोरिडोर भएकोले यहाँको सुरक्षा ब्यवस्था चुस्त हुनुपर्ने प्रहरी उपरीक्षक मिश्रले बताए ।

संगठनले जिम्मेवारी दिएर पठाएकोले जिम्मेवारी आफूले निष्पक्ष र इमान्दारिताका साथ पूरा गर्ने मिश्रले प्रतिबद्धता जनाए ।

उनले पर्सा जिल्लामा साम्प्रादयिक, धार्मिक द्वन्द्व र विवादहरु मात्रै नभई अन्य विभिन्न किसिमको आर्थिक अपराधहरुपनि धैरे हुने गरेकोले यसको नियन्त्रणमा आफू लागि पर्ने बताए ।

मधेशमा पहिले नै काम गरिसकोकोेले मधेशको बारेमा सबै जानकारी रहेको र मधेशमा बस्ने जनताहरुलाई सचेत गराउने विषयमा आफ्नो कार्यकालमा विशेष गरी ग्रामिण भेगमा रहेका जनताहरुमा केन्द्रीत हुने बताए ।

उनले सामाजिक अपराधको रुपमा रहेको बालविवाह, बहुविवाह, लैंगिक हिंसा, घरेलु मदिरा र लागूऔषध समस्या मुख्य रहेकोले त्यसको नियन्त्रणमा जिल्ला प्रहरी कार्यालयले सहकार्य गर्ने बताए ।

भारतीय सीमा सुरक्षामा खटिएका सीमा सुरक्षा बल एसएसबी, नेपालको सशस्त्र प्रहरी, राजस्व चुहावट नियन्त्रणको टोलीसँग पनि समन्वय र सहकार्य गर्ने उनले बताए ।

अहिले अपराधनका प्रवृत्तिहरु पनि परिवर्तन भएको र खासगरी अनलाईबाट हुने अपराध, साईबर अपराध बढी पाईरहेको र आर्थिक कारोबार,बैकिङ कसुर, चेक सम्बन्धि घटनाहरुमा वृद्धि भएको बताउदै प्रहरी उपरीक्षक मिश्रले त्यसमा पनि नियन्त्रणको पहल गर्ने बताए ।

बलात्कार, अपहरण र हत्या जस्ता आपराधिक घटनामा कसैलाई पूर्वाग्रह नराखी कारवाहीको दायरामा ल्याउने पनि प्रही उपरीक्ष गौतमले बताए ।
गलत गर्ने प्रहरीलाई निर्ममता पुर्वक कार्बाही गर्ने र राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत गरिने प्रहरी उपरीक्षक मिश्रले प्रतिबद्धता दोहोरयाए ।