करेन्ट लागेर घाइते प्रहरी जवान लाई बिहीबार बाराका एक पत्रकारले जोगाएका छन।
आफ्नो ज्यानको ख्यालै न गरी करेन्ट लागेर ढलेको प्रहरी जवानको ज्यान बचाउने कार्यमा गोरखापत्रका पत्रकार शिवशंकर लागेको स्थानीयले बताए।
सिंहदरबार काठमाडौमा कार्यरत रहेको प्रहरी जवान बाराको देवताल गाउँ पालिका-६ रौवाही टोल भएका प्रहरी जवान सन्देश यादव बिदामा घर आएको बेला कलैया भरत चोकमा बिहीबार साझ करिब ६:३५ बजे अचानक करेन्ट लागेर ढलेको थियोे ।
यसरी प्रहरी जवान यादव ढलेको दृश्य स्थानीयले रमिते देखि रहेकोे तथा भिडियो बनाउन लागेको अवस्थामा आफ्नो ज्यानको ख्यालै नगरि गोरखापत्र दैनिकका बारा समाचारदाता शिवशंकर मिश्राले लठिको सहाराले बिघुतको तार चुडाएर करेन्ट मुक्त गराएको नेपाल प्रेस युनियन, मधेश प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठले बताए ।
उहाँको अनुसार प्रहरी जवान यादव पिसाब फेरेपछि हात धुन सोही ठाउको सार्वजनिक चापाकलबाट तल आउने क्रममा बिधुतको तार छुदा उनी करेन्ट लागेर ढलेको थियोे ।
करेन्ट लागेर बेहोस भएका प्रहरी जवान यादवको कलैया प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरी थप नेशनल मेडिकल कलेज बिरगंजमा उपचार भैइ रहेको बारा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनु भयो ।
करेन्ट लागेर घाइते भएको प्रहरी जवान यादव खतरामुक्त रहेको nmc कलेजका सूचना अधिकारी फिरोज अन्सारीले बताउनु भयो । उहाँको करेन्ट लागेको बायाँ हातमा समस्या देखिएको तथा अहिले पनि सुस्त मनस्थिति रहेकाले चिकित्सक आलोस सिंहको युनिटको जिम्मेवारीमा आइ.यु.सि.ओ.मा भर्ना हुन लागेको अन्सारीले बताउनु भयो ।
विद्युत प्राधिकरण कलैयाको कर्मचारीहरुको लापरबाहीको कारण यसरी भरत चोकमा ज्यान जाने गरी भएको घटना प्रति स्थानीयहरु बिरोध प्रदर्शन गरेका थिए ।