नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवस: बारा शाखाद्वारा बिरामीलाई फलफूल वितरण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१६ चैत,बारा । ​नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा महासंघको बारा शाखाले प्रादेशिक अस्पताल कलैयाका ६५ जना बिरामीलाई फलफूल वितरण गरी उत्सव मनाएको छ।

नेपालमा लोकतान्त्रिक आन्दोलनको संवाहक र नागरिक अधिकारको पहरेदारका रूपमा महासंघले निर्वाह गरेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै आयोजित उक्त कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवानले प्रमुख अतिथिको रूपमा बोल्दै प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि महासंघ सधैं अग्रपङ्क्तिमा रहने प्रतिबद्धता व्यक्त गरेका छन ।

शाखा अध्यक्ष रमेश सुवेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष सुवेदीले समाजको परिवर्तन र लोकतन्त्रको सुदृढीकरणमा पत्रकारहरूको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै व्यावसायिक पत्रकारितामा जोड दिए ।

जिल्ला शाखा सचिव पुष्पराज खतिवडाले सञ्चालन गरेको उक्त कार्यक्रममा महासंघका मधेस प्रदेश समिति कोषाध्यक्ष अनिल गौरव, सदस्य साजिर मंसुर, रमेश ठाकुर, प्रभु यादव, नरेश गुप्ता, धिरेन्द्र तिवारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापनमा शाखा उपाध्यक्ष पन्नालाल दासले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Comment