२६ साउन, काठमाडौं : आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह तेस्रो जनआन्दोलनको आन्तरिक तयारीमा जुटेका छन् ।
`जनताले लडेर ल्याएको लोकतन्त्र दलतन्त्रले सिध्यायो । आज त्यही दलतन्त्र दुई दलले मिलेर सिध्याउन लागेका छन् । यसको विरुद्धमा हामी एकजुट हुन जरुरी छ´ आजपा अध्यक्ष साहले भने ।
युवाहरुको बलियो संगठन आईटी आर्मी गठन गरेर अर्धसैन्य अभ्यास गर्दै अगाडी बढेका साहले गएको चैत्र २४ मा काठमाडौंमा एक बृहत सभा गरेका थिए ।
२४ चैत्र आम जनताको शासन व्यवस्थाका लागि दलाल दलतन्त्र विरुद्ध ‘तेस्रो जनआन्दोलन’को उदघोष गरेका साहले त्यस यता बैठक, सभा, भेला लगायतका बिभिन्न कार्यक्रम मार्फत दलाल दलतन्त्रले मुलुक समृद्ध हुन नसक्ने बताउँदै आएका छन् ।
यस्तै आजपा अध्यक्ष साहले आजै १२ बजे बोलबम कवरिया संघको कालिमाटी स्थित कार्यक्रममा समेत सहभागि भए ।
कवरिया संघको कार्यक्रम सकेर साह आजै जोरपाटी स्थित छिमेकी पार्टी प्यालेसमा आयोजित आजपा निकटको आम ट्रेड युनियन फेडरेसनको काठमाडौं उपत्यका बिशेष भेला कार्यक्रममा सहभागि भए ।
यसैगरी मजदुरको कार्यक्रम सकेर आजै साढे २ बजे उनी सिनामंगल स्थित सेन्ट्रल कलेज पुगे । सिनामंगलमा आम ईन्जिनियर्स एण्ड टेक्निकल एशोसिएसनको राष्ट्रिय भेलामा सहभागिलाई सम्बोधन गर्दै विद्यार्थीलाई आन्दोलनको तयारीमा जुटन निर्देशन दिए ।
यसैबीच जोरपाटीमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेताहरू आजपामा प्रवेश गरेका छन् । नेकपा ( मातृभुमी) का केन्द्रीय संयोजक गणेश गोतामे, नेकपा ( एमाले ) भोजपुरका नेता राजकुमार आलेमगर, एमालेकै तेह्रथुमका नेताहरु प्रकाश अधिकारी, दिपक भित्रीकोटी लगायत नेताहरु आजपामा प्रवेश गरेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।