३१ साउन, कलैया: बारामा सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी शुरु भएको छ ।
सिमा क्षेत्रमा हुने चोरीपैठारी नियन्त्रणकालागी स्थापना भएको सशस्त्र प्रहरी आर्थिक लोभमा परी तस्करी गर्ने कार्यमा तस्करहरुलाई सघाउन थालेको छ ।
जिल्लाका विभिन्न नाकाबाट सशस्त्र प्रहरीको मिलोमतोमा भारतबाट विभिन्न सरसमानको तस्करी तीब्र भएको छ ।
गएराती सशस्त्र प्रहरीको डीउटी अगाडिबाट नै छतवको कल्याणपुर नाका हुँदै ठूलो परिमाणमा कपडा नेपालतर्फ तस्करी भएको स्रोतले दाबी गरेको छ ।
सशस्त्र प्रहरीको सई र डीउटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर बरैनियाका एकजना तस्करले करिब १३ वटा पोकामा रहेको अन्दाजी ८/१० लाख मुल्य बराबरको कपडा नेपालमा ल्याएका हुन ।
स्थानीय स्रोतका अनुसार ती तस्करले मोटरसाइकल र टाउकोमा बोकेर कपडाका पोका बरैनिया स्थित आफ्नो घरमा ल्याएर राखेका छन ।
बरैनिया स्थित आफ्नो घरबाट ती तस्करीका कपडा तस्करले कलैया सम्म पुरयाउने गरेको स्रोतको दाबी छ ।
सशस्त्र प्रहरीले रातिको समयमा तस्करीको लाईन दिन गरेको छ ।
सशस्त्र प्रहरीको बेस र बीओपीका ईन्चार्जहरु मार्फत तस्करहरुसंग संकलन भएको रकम सशस्त्र प्रहरी उपरीक्षकसम्म पुग्ने गरेको एकजना सशस्त्र प्रहरी जवानले दाबी गरेका छन ।