६ भाद्र ,बारा: बारामा प्रहरीद्वारा झन्डै सावा करोडको सरसमान सहित तीनवटा ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट एक करोड २९ लाख मुल्य बराबरको सरसमान र ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरीले चेकजाँचको क्रममा जितपुरसिमरा उपमहानगरपालिका-७ बाट ना ४ ख ८८७५, ना ७ ख ५९२६ र पथलैयाबाट ना ३ ख ७३४२ नम्बरको ट्रक र त्यसमा लोड गरिएको लत्ताकपडा, खाद्यान्न सामग्री र कस्मेटिक समान बरामद गरेको हो ।
बिलबिजक भन्दा बढीको समान फेला परेकोले ट्रक सहितका समानहरु आवश्यक कार्बाहीकोलागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराए ।