बारामा १४ किलो चाँदी सहित दुईजना पक्राउ

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 297
पढ्न लाग्ने समय : 1 मिनेट

९ कात्तिक, बारा:  बारामा प्रहरीले १४ किलो अवैध चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले चाँदी सहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष साह सोनार र जितपुर सिमरा उपमहानगरपालिका–८ का २७ वर्षीय सुरेश महतो छन् ।

सोनारबाट ९ किलो र महतोबाट ५ किलो चाँदी बरामद गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराए ।

सोनारलाई ना ५२ प २५८४ नम्बरको मोटरसाइकलमा रहेको बेला चाँदीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महतोलाई ना ५५ प ३९३२ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला चाँदीसहित पक्राउ गरिएको हो ।