सशस्त्र प्रहरीले तस्करी गराएको एक पिकअप तास नेपाल प्रहरीले समात्यो

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 241
पढ्न लाग्ने समय : 2 मिनेट

९ भदौ, बारा: बारामा सशस्त्र प्रहरीले व्यापक तस्करी गराउने गरेको घटना बाहिर आउन थालेको छ।

सशस्त्र प्रहरीले आर्थिक फाईदा लिएर भारतबाट नेपाल भित्रयाएको एक पिकअप तास आज नेपाल प्रहरीले समातेपछी सशस्त्र प्रहरी मिलिभगतको घटना बाहिर आएको हो ।

नेपाल प्रहरीको टोलीले आज बिहान दस बजे बघवन नजिकैबाट ना ५ च १८०१ नम्बरको पिकअपमा लोड गरिएको तास नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराए ।

हिजो बेलुका सशस्त्र प्रहरीको कवहीगोठ बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिर्ख शाहीले रकम लिएर सो तास नेपाल भित्रयाउन दिएका थिए ।

सुरेन्द्र साह र दिनेश नाम गरेका तस्करले सशस्त्र प्रहरी निरीक्षक शाहीसँग तस्करी गर्न अनुमति लिएको स्रोतले दाबी गरेको छ ।

एकजना सशस्त्र प्रहरी जवानका अनुसार हरेक महिना ११ गते ती तस्करको समूहले सशस्त्र प्रहरी निरीक्षक शाहीलाई मोटो रकम दिएर तस्करी गर्दै आएका थिए ।

सशस्त्र प्रहरी निरीक्षक शाहीले मतिअर्वा बीओपीका डीएसपी र सशस्त्र प्रहरी उपरीक्षकको नाममा समेत रकम लिने गरेका थिए ।

सशस्त्र प्रहरी निरीक्षक शाहीले भने आफुले कोहीकसैसँग कुनै प्रकारको आर्थिक लाभ नलिएको दाबी गरे ।

तस्करहरुले बीओपी कबहीगोठ, सशस्त्र प्रहरीको १२ नम्बर गणका एसपी सन्तोष बहादुर सिंह, सशस्त्र प्रहरीको बरियारपुर बीओपी र तेलकुवाँ बेसलाई आर्थिक नजराना चढाएर तस्करीको तास वीरगन्ज सम्म पुरयाउने गरेको स्रोतको दाबी छ ।

सशस्त्र प्रहरी उपरीक्षक सिंहले आफुले कसैसँग पनि पैसा नलिएको दाबी गर ।

तस्करहरु समातिएको तास र गाडी छुटाउन तीन लाख रुपैयाँ लिएर सक्रिय भएका छन ।

उनीहरुले प्रहरीलाई प्रभावमा पार्न सक्रिय भएका छन ।

समातिएको समान आवश्यक कार्बाहीकोलागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउन लागिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

प्रहरीले दुई सय कार्टुन तास लोड गरिएको पिकअप नियन्त्रणमा लिएको हो ।

तस्करहरुले नेपाल प्रहरीको कबहीगोठ, तेल्कुवा र बरियारपुर चौकीलाई समेत प्रभावमा पारेको स्रोतले जनायो ।

  • An error has occurred, which probably means the feed is down. Try again later.