बारा- पूर्व-पश्चिम राजमार्ग अन्तरगत बाराको निजगढ नगरपालिका-८ स्थित उनासी पुलमा आज बिहान बस पल्टिएर दुर्घटना हुँदा ४३ जना घाईते भएका छन् ।
एकजनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते मध्ये ८ जनाको अवस्था गम्भीर छ ।
दाङको देउखुरी गाउपालिका-५ का ४५ बर्षीय चेतन राय यादवको मृत्यु भएको हो ।
काँकडभिट्टाबाट दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको को बस गराती एक बजे अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खस्दा बसमा सवार सबै यात्री घाईते भएका हुन् ।
घाईतेहरुको स्थानीय सामुदायिक प्रसुती गृह अस्पताल र सि.टी अस्पताल निजगढमा र वीरगन्जमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारामा ३४ जनामध्ये गम्भीर छ जना र सि.टी अस्पताल निजगढ बारामा गम्भीर दुई जनासहित नौ जनाको उपचार भईरहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक सुमित कुश्वाहाले जानकारी दिनुभएको हो ।
राती नै भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
मोटरसाईकल चालक सर्लाही धनकौल २ का ३७ बर्षीय दिनेश साहको उपचारका लागी बिरगन्ज लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्व-पश्चिम राजमार्ग स्थित निजगढ नगरपालिका-८ तामागढी गेट नजिक सर्लाहीबाट पथलैयातर्फ जाँदै गरेको बा ६३ प ७३३० नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा साहको मृत्यु भएको हो ।
मोटरसाईकलको पछाडी सवार सोही ठाउँ बस्ने वर्ष ४६ को किशोरी साहको बयोधा अस्पताल बिरगंजमा उपचार भईरहेको छ ।