फेटा गाउपालिकामा वडा स्तरीय सुधार समिति गठन

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 131
पढ्न लाग्ने समय : 2 मिनेट

सागर बिश्वकर्मा

५ असोज, बारा: स्थानीय तह लगायत तीन तहकै निर्वाचनमा निर्वाचित भएका भ्रष्ट नेतालाइ बहिस्कार गर्ने टोल सुधार समितिका संस्थापक तथा युवा नेता दुबेले बताएका छन ।

फेटा गाउपालिका वडा नम्बर १ खैरामाइ मन्दिरमा आयोजित वडा स्तरीय युवा भेला कार्यक्रममा युवा नेता उमेश दुबेले एक चोटि निर्वाचित भएका जनप्रतिनिधिले काम गर्न नसकेपछी दोश्रो पटक कुनै हालतमा काम गर्न नसकिने भन्दै भ्रष्ट नेतालाइ प्रत्येक वडाबाट बहिस्कार गर्ने अभियान चलाउनु पर्ने अवाश्यकता रहेको बताएका हुन ।

टोल सुधार समितिले आयोजना गरेको वडा स्तरिय युवा भेला कार्यक्रममा फेटा गाउपालिका वडा नम्बर १ त्रिवेणि स्थित रहेको खैरामाइ मन्दिरलाइ हालसम्म पर्यटकीय स्थलको रूपमा रूपान्तरण गर्न नसक्नु बिडम्बनाको बिषय रहेको युवा नेता दुबेले बताए ।

खैरामाइ मन्दिरको प्राङ्गनमा वडा स्तरीय युवा भेलाका संस्थापक, पत्रकार दुबेले पिपलको बोट रोपि कार्यक्रमको सुरूवात गरेका थिए ।

कार्यक्रममा फेटा गाउपालिका वडा नम्बर १ भलुही, भरवलिया, एकवनिया, त्रिवेणि, रजवटिया, चिलझपटीबाट करिब २ सयको संख्यामा युवाहरू सहभागी भएका थिए ।

शनिवार आयोजित कार्यक्रममा टोल सुधार समिति वडा नं १ को कार्यसमिति चयन गरिएको छ । वडा स्तरीय युवा समितिको अध्यक्षमा शेषनाथ यादव, उपाध्यक्षमा रामजी दास, कोषाध्यक्षमा अम्बिका ठाकुर, सचिवमा सुनिल कुशवाहा, सहसचिवमा दिनेश कुशवाहा, सदस्यहरूमा प्रकाश राज गिरी, प्रभु साह, दीपेन्द्र पटेल, संदिप ठाकुर, बिजेश पासवान, बिजय कुशवाहा, श्याम सुन्दर पंडित, रविरंजन पटेललाई चयन गरिएको आयोजकले जनाएको छ ।

टोल सुधार समितिका संस्थापक एवम समाजसेवी उमेश दुबेले चयन गरिएका पदाधिकारीहरूलाइ टिकालाइ स्वागत तथा आफ्नो कार्यकालमा भ्रष्टाचारको बिरूधमा खडा उत्रिने सुझाएको शुभकामना समेत दिनु भएको थियो । कार्यक्रममा चिलझपटि टोल सुधार समितिका अध्यक्ष दिपु पटेल, भरवलिया टोल सुधार समितिका अध्यक्ष प्रभु साह, त्रिवेणि टोल सुधार समितिका अध्यक्ष प्रमोद कुश्वाहा, अकवनिया टोल सुधार समितिका अध्यक्ष छोटेलाल कुश्वाहा समेत सहभागी रहेका थिए ।

टोल सुधार समितिका सल्लाहकार बिक्की कुश्वाहा समेत सहभागी भइ कार्यक्रम बारे प्रष्ट पारेका थिए । टोल सुधार समितिका सल्लाहकार समाजिक अभियन्ता राजेश कुश्वहाले कार्यक्रम संचालन गरेका थिए भने टोल सुधार समितिको कार्यबिधी बारे प्रष्ट पारेका थिए ।